सिप्रदी अटो पार्टस् र डायनामिक टेक्नोसफ्टबीच सम्झौता

हिमाल प्रेस २७ भदौ २०८० १३:४७
सिप्रदी अटो पार्टस् र डायनामिक टेक्नोसफ्टबीच सम्झौता

काठमाडौँ– सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपूर्जा र टाटा मोटर्स जेन्यूइन आयलका खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन्।

सिप्रदी अटो पार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताको पहिलो चरणमा काठमाडौँका चार खुद्रा व्यवसायी श्रेया मोटर पार्टस्, विजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन्। यो सफ्टवेयर खुद्रा विक्रेताका लागि व्यापार वृद्धि र व्यवस्थापनमा उपयोगी हुने बताइएको छ।

 

 

 

प्रकाशित: २७ भदौ २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast