सिट्रोनको फेस्टिभ स्किम

हिमाल प्रेस २७ भदौ २०८० १३:३८
सिट्रोनको फेस्टिभ स्किम

काठमाडौँ- नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले फेस्टिभ स्किम, २०८० सार्वजनिक गरेको छ। यो स्किममा नाडा अटो शोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैयाँसम्मको उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

यो स्कि अन्तर्गत सिट्रोन सि–३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पाउनेछन्। त्यस्तै सिट्रोनको विद्युतीय गाडी इ–सि–३ खरिद गर्न चाहने ग्राहकलाई पनि यो सुविधा उपलब्ध हुनेछ।
यी अफरका साथै ग्राहकले नाडा अटो शो अवधिभर निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २७ भदौ २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =