विद्यालय शिक्षा विधेयक : तीन श्रेणीका शिक्षक, सात प्रकारका बिदा र तीन आधारमा बढुवा

हिमाल प्रेस २७ भदौ २०८० १७:५५
1.9k
SHARES
विद्यालय शिक्षा विधेयक : तीन श्रेणीका शिक्षक, सात प्रकारका बिदा र तीन आधारमा बढुवा दोलखाको एउटा विद्यालयमा पढाइरहेका शिक्षक। फाइल तस्बिर

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकको श्रेणी छुट्याइएको छ। प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा सामुदायका शिक्षकलाई तीन श्रेणीमा छुट्याइएको हो।

सार्वजनिक विद्यालयका माध्यामिक र आधारभूत तहका साधारण तथा विषयगत तर्फका शिक्षकलाई प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन गरिने उल्लेख छ।

विद्यालय शिक्षक सेवाभित्र आधारभूत तह र माध्यमिक तह रहनेछन्। आधारभूत तहलाई कक्षा एकदेखि पाँचसम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र कक्षा ६ देखि कक्षा आठसम्म अध्यापन गर्ने शिक्षकलाई विषयगत भनिएको छ।

यस्तै अब शिक्षकले ७ किसिमका बिदा पाउनेछन्। ती हुन् :  (क) भैपरी आउने र पर्व बिदा, (ख) बिरामी बिदा, (ग) प्रसूति बिदा, (घ) प्रसूति स्याहार बिदा, (ङ) किरिया बिदा, (च) अध्ययन बिदा, र (छ) असाधारण बिदा ।

शिक्षकहरू तीन आधारमा बढुवा हुनेछन्। आन्तरिक प्रतियोगिता, कार्यसम्पादन मूल्यांकन र जेष्ठता र कार्यससम्पादन मूल्यांकनका आधारमा बढुवा हुनेछन्। जेष्ठताबापत ३० अंक, कार्य सम्पादनबापत ४० अंक, शैक्षिक योग्यताबापत् २० अंक र तालिम बापत १० अंक पाउने मस्यौदामा उल्लेख छ।

प्रकाशित: २७ भदौ २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =