काठमाडौँ- अविरल वर्षापछि सडक माथिबाट ठूलो ढुंगा खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन।
आइतबार दिउँसो १ बजे राजमाग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुंगा खसेर अवरुद्ध भएको थियो।
खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
आइतबार दिउँसोदेखि नै राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र त्यसतर्फ जाने ठूला गाडीहरू रोकिएका छन्। यस्तै दशरथ चन्द राजमार्गको सतबाँझ–गोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रूख खस्दा अवरुद्ध भएको छ।
गएराति खसेका चारवटा रूख ढलेर राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।
प्रकाशित: २५ भदौ २०८० ९:१२
प्रतिक्रिया