एसिया कप : श्रीलंकासँग टस जितेर फिल्डिङ गर्दै बंगलादेश

हिमाल प्रेस २३ भदौ २०८० १५:०६
8
SHARES
एसिया कप : श्रीलंकासँग टस जितेर फिल्डिङ गर्दै बंगलादेश

काठमाडौँ- एसिया कप प्रतियोगिताअन्तर्गत सुपर– ४ मा शनिबार श्रीलंका र बंगलादेशले भिड्दै छन्। श्रीलंकाको कोलोम्बोमा हुने खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको छ।

नेपाली समयअनुसार ३:१५ बजेदेखि खेल सुरु हुनेछ। प्रतियोगिताअन्तर्गत यसअघि सुपर–४ मा पाकिस्तान र बंगलदेशबीच पाकिस्तानमा खेल भएको थियो। उक्त खेल बंगलादेश हारेको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार भारत र पाकिस्तानबीच श्रीलंकाको कोलोम्बोमा खेल हुनेछ। यसअघि समूहचरणमा भएको दुई टिमबीचको खेल वर्षाका कारण रद्द भएको थियो। यस वर्षको एसिया कपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो। भारत र पाकिस्तानकै समूहमा परेको नेपाल दुवै टिमसँगको हारपछि प्रतियोगिताबाट बाहिरीसकेको छ।

प्रकाशित: २३ भदौ २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =