
काठमाडौँ- विद्युतीय गाडी निर्माता बीवाईडी विश्वकै शीर्ष १० कार कम्पनीको सूचीमा परेको छ। विश्वप्रसिद्ध मर्सिडिज बेञ्च र बीएमडब्लूलाईसमेत पछि पार्दै पहिलो पटक बिक्रीका आधारमा ठूला कार कम्पनीको सूचीमा परेको हो।
बीवाईडी सन् २०२३ को ६ महिनामा मात्रै विश्वभर १२ लाख ५० हजार कार बेचेको छ। जुन सन् २०२२ को पहिलो ६ महिनाको तुलनामा ९६ प्रतिशतले बढी हो। बीवाईडीले अगस्ट महिनामा मात्रै २ लाख ७४ हजार ३८६ कार बिक्री गरेको छ। बीवाईडीले पछिल्ला चार महिनामा लगातार आफ्नो बिक्रीको रेकर्ड तोड्दै आएको छ।
प्रकाशित: २२ भदौ २०८० १५:२५
प्रतिक्रिया