आइएमई मोटर्स अब स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

हिमाल प्रेस २२ भदौ २०८० १४:५२
आइएमई मोटर्स अब स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

काठमाडौँ- आइएमई मोटर्स नेपालमा स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक बनेको छ।

अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेइमा आयोजित समारोहकाबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा स्वीच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन्। अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरे।

स्वीच मोबिलिटीले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधन उत्पादन तथा वितरण सुरू गरेको छ। यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रूपमा स्थापना भएको हो।

त्यसैगरी आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि आधिकारिक प्रतिनिधि बनेको छ। अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ। अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो।

प्रकाशित: २२ भदौ २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =