कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

हिमाल प्रेस २१ भदौ २०८० १८:४१
22
SHARES
कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश हिक्मत कार्की

काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। उनले विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले पदमुक्त हुने आदेश दिएको हो।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ।

कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। थापाले सभामुख भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पुर्‍याएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले मतभार बराबर भएको अवस्थामा प्रदेशसभाका जेष्ठ सदस्य इस्रायल मन्सुरीले दिएको मत असंवैधानिक भएको भनेको छ। आजको आदेशसँगै उद्धव थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन्।

 

प्रकाशित: २१ भदौ २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =