
काठमाडौँ- बीवाईडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ।
उक्त अभियान सोमबारसम्म चल्ने कम्पनीले बताएको छ। बीवाईडी डल्फिन भदौ २६ गतेदेखि हुने ‘नाडा अटो शो’मा सुरुको दिन सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। घोषणा गरेको अभियानअन्तर्गत गत बुधबारदेखि ‘बीवाईडी डल्फिन’ काठमाडौँका सडकमा कुँदिरहेको कम्पनीले जानकारी दिएको छ।
अभियानअन्तर्गत सडकमा गुडिरहेको बीवाईडी डल्फिनको भिडियो बनाएर फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्दा १ लाख रुपैयाँसम्म जित्ने मौका पाइने पनि कम्पनीले बताएको छ।
काठमाडौँका सडकमा बीवाईडी डल्फिन भेट्नेबारे बीवाईडीको फेसबुक पेजमार्फत जानकारी लिन सकिने कम्पनीले बताएको छ।
प्रकाशित: २१ भदौ २०८० १८:०३
प्रतिक्रिया