एमालेले भन्यो : महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको जिम्मा सरकारले लिनुपर्छ

हिमाल प्रेस २१ भदौ २०८० १४:५३
8
SHARES
एमालेले भन्यो : महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको जिम्मा सरकारले लिनुपर्छ महेश बर्तौला

काठमाडौँ- नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको उनले बताए।

‘नेपाली कांग्रेसका सहमहामन्त्रीमाथिको सांघातिक हमलाप्रति एमाले भर्त्सना गर्छ। यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। जवाफ दिनुपर्छ,’ उनले भने, ‘काठमाडौं मध्यभागमा यस प्रकारले सत्तापक्षको पार्टी केन्द्रका सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसको जवाफ दिनुपर्छ।’

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दैप्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना बनाउन थालिएको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा, जनताका बीचमा जाँदा धावा बोलिने, आक्रमण हुने क्रम विगतदेखि नै चलिरहँदा ध्यान नदिएको उनको भनाइ छ।

‘हिजो प्रतिपक्षीलाई थियो, ध्यान कम दिइयो होला आज सत्तापक्षका सांसदमाथि पनि खोजीखोजी आक्रमण हुने, नेताहरूमाथि धारिलो हतियारले आक्रमण हुने, त्यसमा आउने टिप्पणी ठीक गरियो अपराधीहरूलाई प्रोत्साहित हुनेगरी भइराखेको छ। यसमा निर्ममताका साथ अध्ययन गरियोस्,’ उनले भने।

प्रकाशित: २१ भदौ २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =