विश्वकप एसिया छनोट : नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित

हिमाल प्रेस २० भदौ २०८० १०:०९
2
SHARE
विश्वकप एसिया छनोट : नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित

काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ। समूह ‘ए’ मा चार खेल जितेको यूएई चार खेलमा आठ अंकसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित: २० भदौ २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =