
काठमाडौँ- विप्रो जीई हेल्थ केयरले एडभान्स्ड पोइन्ट-अफ-केयर इमेजिङका लागि भीस्क्यान सुरु गरेको छ। चिकित्सा प्रविधिमार्फत डायग्नोस्टिक्स र डिजिटल समाधानका लागि दुर्गमस्थानहरूमा पहुँच पुर्याउने उद्देश्यले पोइन्ट-अफ-केयर वृद्धि गर्न भीस्क्यान एयर सुरु गरेको हो।
उक्त वायरलेस प्रविधि ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली पोइन्ट-अफ-केयरमा सम्पूर्ण शरीर स्क्यानिङ गर्न सक्ने सक्षम हुने गरी डिजाइन गरिएको बताइएको छ। यसले स्वास्थ्य सेवालाई सशक्त बनाउँदै विभिन्न हेरचाह सेटिङहरूमा कम लागतमा आत्मविश्वाससहित छिटो निर्णय गर्नेलाई मद्दत पुग्ने बताइएको छ।
नेपालमा, मृतजन्म र प्रारम्भिक नवजात मृत्युदरसहित १.४६ प्रतिशत जन्ममा सुत्केरीको मृत्यु हुन्छ। नेपाल सरकारको नवजात शिशुरमातृ मृत्युदरलाई प्राथमिकता दिने र थप सुधार गर्ने दृष्टिकोण छ।
जीई हेल्थ केयरको अत्याधुनिक सिग्नल म्याक्स टेक्नोलोजीको नवीन उपकरणले स्पष्ट ईमेजहरू प्रदान गर्ने विश्वास लिइएको छ। ’जसले एक चिकित्सकका लागि डायग्नोसिसमा आत्मविश्वास पैदा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ भीस्क्यान एयरको द्रुत र सही डायग्नोसिस गर्ने क्षमताले हेरचाहको बिन्दुमा मातृरशिशु स्वास्थ्य सेवामा राम्रो निर्णय लिने अवसर प्रदान गर्दछ।’