कोशी मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट हेर्दाहेर्दैमा

हिमाल प्रेस १९ भदौ २०८० १९:२७
4
SHARES
कोशी मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट हेर्दाहेर्दैमा सर्वोच्च अदालत

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। आज (मंगलबार) देखि सुरु भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन। नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेका थिए।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो। रासस

प्रकाशित: १९ भदौ २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast