मेरो कार्यकालमै भूमिहीनको समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ

हिमाल प्रेस १८ भदौ २०८० १६:३०
मेरो कार्यकालमै भूमिहीनको समस्या समाधान गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफ्नो कार्यकालमा भूमिहीनका सबै समस्या समाधान गर्ने बताएकी छन्।

सोमबार नवलपरासीमा भूमिहीन सुकुमबासीहरूलाई जग्गाधनीपूर्जा वितरण गर्दै संविधानले दिएको अधिकारअनुसार कोही पनि नेपाली नागरिक भूमिहीन हुनु नपर्ने दाबी गरेकी हुन्। श्रेष्ठले सरावल गाउँपालिका–३ का २५ भूमिहीन सुकुमबासी परिवारलाई जग्गाधनीपूर्जा प्रदान गरिन्।

‘सरकारले भूमिहीन दलित तथा सुकुमबासीहरूलाई जग्गाधनीपूर्जा वितरण गर्दै आएको छ,’ उनले भनिन्, ‘मेरो कार्यकालभित्रै सबै भूमिहीनहरूको समस्या समाधान गर्ने लक्ष्य छ।’ मन्त्री श्रेष्ठले भनिन्, ‘म नेतृत्वमा आएदेखि देशभरका भूमिहीनहरूलाई जमिन उपलब्ध गराउने काम तीव्रगतिमा भइरहेको छ।’

प्रकाशित: १८ भदौ २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =