काठमाडौँ- मधेश प्रदेशका प्रदेशसभा सदस्य (स्वतन्त्र) अनिरुद्धकुमार सिंह पक्राउ परेका छन्। सिंह माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा आरोपित हुन्। सप्तरी क्षेत्र ४ (ख)बाट निर्वाचित सिंहलाई राजविराजबाट सप्तरी प्रहरीले पक्राउ गरिएको हो। उनलाई आजै अदालतमा पेस गरिएको छ।
सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो।
उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।