विश्वकप एसिया क्षेत्र छनोट : सानदार जितसँगै नेपाल सेमिफाइनलमा

हिमाल प्रेस १८ भदौ २०८० ११:५४
18
SHARES
विश्वकप एसिया क्षेत्र छनोट : सानदार जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ- आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो।

समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो।

कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएई (संयुक्त अरब इमिरेट्स)सँग खेल्नेछ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ। २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन्। समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन्।

प्रकाशित: १८ भदौ २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =