पेप्सीकोला सवारी दुर्घटना : घाइते प्रहरी जवानको मृत्यु

हिमाल प्रेस १७ भदौ २०८० १५:३०
1.4k
SHARES
पेप्सीकोला सवारी दुर्घटना : घाइते प्रहरी जवानको मृत्यु

काठमाडौँ- काठमाडौँको पेप्सीकोला-काँडाघारी सडकअन्तर्गत भएको सवारी दुर्घटनामा घाइते सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। आज (आइतबार) बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको हो।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ। यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। केही घाइतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान ७:३० बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र-०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो।

दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका हुन्।

प्रकाशित: १७ भदौ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast