काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ।
गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो।
दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरूले सम्बोधन गर्ने छन्।
टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ।
जसपा नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ।
प्रकाशित: १६ भदौ २०८० १०:५३
प्रतिक्रिया