काठमाडौँ- गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
केहीबेर अघि पुगेको सेनाको टोली उक्त वस्तु निष्क्रय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए।
शनिबार बिहान ५ बजे मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। त्यसपछि सडकमा सवारी आवागन ठप्प भएको थियो ।
शंकास्पद वस्तु निस्क्रिय भएसँगै सडक खुलेको छ। प्रेसर कुकरभित्र बारुद, सिसाका टुक्रा, र लाइटर भेटिएको प्रकहरीले जनाएको छ। शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए।
प्रकाशित: १६ भदौ २०८० ९:०९
प्रतिक्रिया