बाल विकास केन्द्रको विवरण माग

हिमाल प्रेस १६ भदौ २०८० ८:३२
4
SHARES
बाल विकास केन्द्रको विवरण माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाल विकास केन्द्रको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई अनुरोध गरेको छ। केन्द्रले स्थानीय तहगत विवरण तयार गरी यही भदौ मसान्तभित्र प्रमाणित प्रति उपलब्ध गराउन अनुरोध गरेको हो।

विवरण पठाउँदा आव २०७३/७४ सम्ममा अनुमति पाई तत्कालीन शिक्षा विभागबाट अनुदान पाइरहेकामध्ये हाल सञ्चालनमा रहेका बाल विकास केन्द्रको संख्या र आव २०७३/७४ सम्ममा तत्कालीन स्थानीय निकायले स्रोत व्यवस्था गर्ने गरी अनुमति पाएकामध्ये हाल सञ्चालनमा रहेका बाल विकास केन्द्रको संख्या उल्लेख गर्नुपर्नेछ।

यस्तै आव २०७४/७५ पछि स्थानीय तहले स्रोत व्यवस्था गर्नेगरी अनुमति प्राप्त गरेकामध्ये हाल सञ्चालनमा रहेका बाल विकास केन्द्रको संख्या उल्लेख गरी विवरण पठाउन केन्द्रले अनुरोध गरेको छ।

प्रकाशित: १६ भदौ २०८० ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =