काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्यसञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
सिनेटर क्रिस भन होलेन आजै नेपाल भ्रमणमा आएका हुन्। आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नेछन्।
प्रकाशित: १५ भदौ २०८० २१:४२
प्रतिक्रिया