काठमाडौँ- संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन आज (शुक्रबार) नेपाल भ्रमणमा आएका छन्।
आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नेछन्। साथै नेपालको स्वास्थ्य एवं पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगका विषयमा प्रस्ट पार्ने दूतावासले जनाएको छ।
प्रकाशित: १५ भदौ २०८० १९:५२
प्रतिक्रिया