एमसीसीको नाममा राष्ट्रहित विपरीतको सम्झौता मान्य हुँदैन : झलनाथ खनाल

हिमाल प्रेस १५ भदौ २०८० १७:४०
36
SHARES
एमसीसीको नाममा राष्ट्रहित विपरीतको सम्झौता मान्य हुँदैन : झलनाथ खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा कुनै पनि राष्ट्रहित विपरीतका सर्तहरू मान्य नहुने बताएका छन्। शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले खुला रुपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान, स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य नहुने बताएका हुन्।

उनले एमसीसी सम्झौतामा दर्जनौ असमान सर्तहरू रहेको जिकिर गरे। एमसीसीको व्याख्यात्मक घोषणा दलहरूको लाज ढाक्ने ठाँउ मात्रै रहेको र यसको कुनै कानूनी हैसियत नरहेको उनको भनाइ छ। त्यस्तै खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पुरा गर्ने माध्यम बनाएको तर्क गरे।

प्रकाशित: १५ भदौ २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =