१९ बलमै बहराइनमाथि नेपालको जित

हिमाल प्रेस १५ भदौ २०८० १३:१८
18
SHARES
१९ बलमै बहराइनमाथि नेपालको जित

काठमाडौँ- आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनविरुद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो। नेपालले जवाफी ब्याटिङ गर्दै सुरुवाती १९ बलमै लक्ष्य पूरा गरेको हो।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो। त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो।

बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन्। अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन्। नेपालले १३ रन अतिरिक्त पाएको थियो।

बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो।

बहराइनका लागि दीपिका रसांगिकाले ११ रन बनाइन्। नेपाली बलर सामु टिक्न नसकेका बहराइनका अरू ब्याटरले दोहोरो स्कोरमा रन बनाउनै सकेनन्।

नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो। नेपालले समूह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ।

प्रकाशित: १५ भदौ २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =