चीनलाई नेपालको भूभाग समेटिएको नक्सा सच्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टीको अनुरोध

हिमाल प्रेस १५ भदौ २०८० १०:०९
58
SHARES
चीनलाई नेपालको भूभाग समेटिएको नक्सा सच्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टीको अनुरोध

काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ। नेपालको भूभाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको ह ।

‘चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपालले राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसंघ लगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने तर्फ पनि सो पार्टीले आशंका व्यक्त गरेको छ।

प्रकाशित: १५ भदौ २०८० १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast