एमालेले ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ गर्दै

हिमाल प्रेस १५ भदौ २०८० ६:२३
4
SHARES
एमालेले ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ गर्दै एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी लोकमार्गको सुरुवात भएको बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गर्ने भएको छ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए।

अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो ।

यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो ।

मंसिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौँ मानिसलाई सहभागी गराइने उनको भनाइ छ। पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए।

प्रकाशित: १५ भदौ २०८० ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast