४४ अंकले बढ्यो नेप्से, ३ अर्ब २९ करोडको कारोबार

हिमाल प्रेस ४ असोज २०८० १५:२१ | Thursday, September 21, 2023
४४ अंकले बढ्यो नेप्से, ३ अर्ब २९ करोडको कारोबार

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक ४४.३४ अंकले बढेको छ। १९८८ बिन्दुबाट सुरु भएको परिसूचक २०२९ बिन्दुमा पुगेर रोकिएको हो।

आज २१७ कम्पनीका लगानीकर्ता फाइदामा गएका छन्। १४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। ११ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको स्थिर रह्यो।

आज सबैभन्दा धेरै सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भयो। यसको २० करोड १८ लाख रुपैयाँको कारोबार हुँदा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड र शिवम् सिमेन्टको १० करोड रुपैयाँको कारोबार भएको छ।

बिहीबार १ करोड १२ लाख कित्ता सेयर खरिदविक्री हुँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। यसमध्ये फाइनान्स, जलविद्युत्, विकास बैंकलगायत उपसमूहतर्फ लगानीकर्ता होमिएका छन्।

प्रकाशित: ४ असोज २०८० १५:२१ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast