४४ अंकले बढ्यो नेप्से

हिमाल प्रेस २५ भदौ २०८० १५:३५ | Monday, September 11, 2023
४४ अंकले बढ्यो नेप्से

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) ४४.३० अंकले बढेको छ। १९४३ बिन्दुबाट सुरु भएको बजार लगातार बढेर १९८७ बिन्दुमा उक्लिएको हो। यसअघि लामो समय सेयर बजारमा सामान्य अंकको मात्रै उतारचढाव भएको थियो।

परिसूचक भारी अंकले बढे पनि कारोबार रकम भने त्यो अनुपातमा बढ्न सकेको छैन। सोमबार २७८ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले आज साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो। यसको ६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै एभरेष्ट बैंक लिमिटेडको ५ करोड ७१ लाख, सोल्टी होटल लिमिटेडको ५ करोड २४ लाख र चिलिमे जलविद्युत् कम्पनीको ५ करोड २३ लाख रुपैयाँको कारोबार भयो।

आज थ्रीस्टार हाइड्रोपावर, मेन्छियम् हाइड्रोपावर, मोलुङ होइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको छ। सोमबार सबै उपसमूहको सूचक बढेको छ। त्यसमध्ये आज फाइनान्स, होटल तथा पर्यटन, व्यापार र जलविद्युत् उपसमूहमा लगानीकर्ता आकर्षित भए।

प्रकाशित: २५ भदौ २०८० १५:३५ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast