२ महिनामा करिब साढे ५ अर्बको विद्युत् निर्यात

हिमाल प्रेस ४ असोज २०८० १८:१३ | Thursday, September 21, 2023
२ महिनामा करिब साढे ५ अर्बको विद्युत् निर्यात

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो २ महिनामा करिब साढे ५ अर्ब रुपैयाँको विद्युत् निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बरारबरको विद्युत् भारत निर्यात गरिएको हो।

प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् निर्यात गरेको तथ्यांक बिहीबार सार्वजनिक गरेको हो।

साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा रहेको प्राधिकरणको भनाइ छ।

२ महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणले बताएको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरिने बताउँदै आएको छ।

तर यो २ महिनामा काठमाडौँ उपत्यकामै पनि पटक पटक बत्ती जाने समस्या देखिएको थियो। काठमाडौँ उपत्यकाबाहिर दैनिक लोडसेडिङ हुने गरेको छ।

प्रकाशित: ४ असोज २०८० १८:१३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast