२८ करोडमा दुई पर्यटकीय नमुना बस्ती बनाउँदै कर्णाली

हिमाल प्रेस ७ असोज २०८० १२:२७ | Sunday, September 24, 2023
२८ करोडमा दुई पर्यटकीय नमुना बस्ती बनाउँदै कर्णाली हुम्ला सदरमुकाम सिमकाेट। फाइल तस्बिर

सुर्खेत- कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँका पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ। सरकारले बजेटमै कर्णालीका विभिन्न स्थानमा पर्यटकीय नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारेको थियो। यसमा संघले पनि सहकार्य गर्ने भएको छ।

संघीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे-फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ। त्यसका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रूपमा विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ। नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ। त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ। त्यसका लागि १८ करोड बजेट विनियोजन गरिएको छ।

रासस

प्रकाशित: ७ असोज २०८० १२:२७ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast