१६ स्थानीय तहमा सन् नेपाल लाइफको बिमा जागरण कार्यक्रम

हिमाल प्रेस ७ असोज २०८० १३:२५ | Sunday, September 24, 2023
१६ स्थानीय तहमा सन् नेपाल लाइफको बिमा जागरण कार्यक्रम

काठमाडौँ- सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६ वटा स्थानीय तहमा बिमा जागरण तथा जीवन बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ।

कम्पनीले छैटौँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कम्प्नीले इलामको माइजोगमाई र फाकफोकथुम गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ र मुखियापट्टी मुहरनियाँ गाउँपालिका, पर्साको पर्सौनी र सिरहाको अर्नमा गाउँपालिकामा कार्यक्रम गरेको थियो।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका, कास्कीको मादी, तनहुँको ऋषिङ गाउँपालिका, दैलेखको गुराँस, सुर्खेतको बराहताल गाउँपालिका, कैलालीको बर्दगोरिया र कैलारी गाउँपालिकामा कार्यक्रम भएको थियो।

कार्यक्रममा स्थानीय तहमा बिमाको पहुँच र चेतना बढाउन स्थानीय सरकार र बिमा कम्पनीबीच समन्वयकारी भूमिकाको विषयमा छलफल भएको थियो।

छैटौँ वार्षिकोत्सवको अवसरमा विभिन्न शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको छ। विभिन्न विद्यालयमा आधुनिक पानी फिल्टर जडान गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ असोज २०८० १३:२५ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast