१४.२ केजी बाहेकका ग्यास सिलिण्डर गैरकानुनी : निगम

हिमाल प्रेस ४ असोज २०८० १७:२३ | Thursday, September 21, 2023
१४.२ केजी बाहेकका ग्यास सिलिण्डर गैरकानुनी : निगम

काठमाडौँ- नेपाल आयल निगमले १४.२ केजीभन्दा बाहेकका ग्यास सिलिण्डर गैरकानुनी रहेका बताएको छ।

संसद्को उपभोक्ता समितिमा बजारमा ५० केजी र ४५० केजीका ग्यास सिलिण्डर रहेको विषय उठेपछि निगमले बिहीबार विज्ञप्ति जारी गर्दै ती सिलिण्डरहरू गैरकानुनी रहेको प्रतिक्रिया दिएको हो।

निगमसँग सम्बन्धित ग्यास उद्योगीले बढी क्षमताका सिलिण्डर भरेर बिक्री वितरणका लागि अनुमति माग गरे पनि नदिइएको निगमको भनाइ छ। यसअघि संसद्‍को उपभाेक्ता समितिमा बजारमा १४.२ केजी बाहेककाक सिलिण्डर रहेकाे विषयमा कुरा उठेको थियो।

प्रकाशित: ४ असोज २०८० १७:२३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast