काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विवरण अद्यावधिक गर्न स्थानीय तहहरूलाई निर्देश गरेको छ। यसअघि साउन ५ गतेभित्र अद्यावधिक गराउन निर्देशन दिएको केन्द्रले असोज मसान्तभित्र अद्यावधिक गर्नका लागि सूचना जारी गरेको हो।
यसका लागि विद्यालयलाई पनि विद्यालयको एक्सेल फाइल स्थानीय तहमा पठाउन केन्द्रले निर्देशन दिएको छ। केन्द्रले अद्यावधिक गर्ने ढाँचा पनि पठाएको छ।

प्रकाशित: १० असोज २०८० १४:०५ | Wednesday, September 27, 2023
प्रतिक्रिया



