काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा ११ अर्ब ८५ करोड डलर सञ्चिति रहेको छ। जुन अघिल्लो महिनाको तुलनामा १.२ प्रतिशतले बढी हो। असार महिनामा ११ अर्ब ७१ करोड सञ्चिति थियो।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत छ। साउनको आयातलाई आधार मान्दा डलर सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ।
                            प्रकाशित: ३१ भदौ  २०८० १७:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

