होन्डा एलिभेट सार्वजनिक, मूल्य ५६ लाख ३५ हजारदेखि ७९ लाख ४४ हजारसम्म

हिमाल प्रेस २५ भदौ २०८० १३:०६ | Monday, September 11, 2023
होन्डा एलिभेट सार्वजनिक, मूल्य ५६ लाख ३५ हजारदेखि ७९ लाख ४४ हजारसम्म

काठमाडौँ- होन्डा नेपालले पाँच सिट क्षमताको एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ। आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकलाई उच्चस्तरीय ड्राइभिङ अनुभव दिने होन्डाले जनाएको छ।

होन्डा एलिभेटको स्पेसियस इन्टेरियरले यात्रुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ। यसमा भएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स छ।

१५०० सीसीको उक्त गाडी दुई भेरियन्टमा उपलब्ध छ। यसको एमटी भर्सनको मूल्य ५६ लाख ३५ हजारदेखि ७३ लाख ४४ हजारसम्म छ। त्यस्तै सीभीटी भर्सनको मूल्य ६५ लाख ७० हजारदेखि ७९ लाख ४४ हजारसम्म रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: २५ भदौ २०८० १३:०६ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast