 
                             
                                            काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतसँग नाडाका प्रतिनिधिहरूले छलफल गरेका छन्। नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री महतसँग भेटी अटोमोबाइल क्षेत्रका समस्यासम्बन्धी छलफल गरेको हो।
अध्यक्ष थापाले सधैँ समस्या हुँदै आएको मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरूसँग सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न माग गरे।
सुस्ताएको बजार चलायमान बनाउन ऋण पुर्नतालिकीकरणको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायहरूलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधक रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग थापाले गरे।
                            प्रकाशित: १७ भदौ  २०८० ११:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                                                                             
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 