हाम्रा नेता पार्टी कब्जा गर्न लागे, जनता अरुले कब्जा गरिसके : अर्जुननरसिंह केसी

हिमाल प्रेस ८ असोज २०८० १५:४७ | Monday, September 25, 2023
हाम्रा नेता पार्टी कब्जा गर्न लागे, जनता अरुले कब्जा गरिसके : अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसकेको बताएका हुन्।

उनले कांग्रेसका नेताहरु पार्टी कब्जाको दौडमा निस्किरहँदा जनता भने अन्य कसैले पकडमा लिइरहेको बताएका छन्। ‘हामी अहिले आ-आफ्नो ढंगले पार्टी कब्जाको दौडमा छौँ। सभापतिजीले पनि गरिराख्नुभएको होला, हामी पनि गरिराखेका छौँ’, उनले भने, ‘हामी सबै पार्टी कब्जा गर्न खोजिरहेका छौँ, जनता अर्कैले कब्जा गरिसकेका छन्।’

केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाए। यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उनले बताए।

केसीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर भने। ‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उनले भने, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ।’ केसीले नेताहरू आपसमा नजुटे धेरै क्षति बेहोर्नुपर्ने पनि बताए।

प्रकाशित: ८ असोज २०८० १५:४७ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast