‘हामी तपाइकै लागि’ नारासहित एनसेलको वार्षिकोत्सव सम्पन्न

हिमाल प्रेस १ असोज २०८० १६:१० | Monday, September 18, 2023
‘हामी तपाइकै लागि’ नारासहित एनसेलको वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको। कम्पनीले आइतबार आफ्नो १८औँ वार्षिकोत्सव सम्पन्न गरेको हो।

सन् २००५ सेप्टेम्बर १७ देखि कम्पनीले नेपालमा दूरसञ्चारलगायतका सेवा दिँदै आएको छ। ‘सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षीय यात्रा उल्लेखनीय प्रमाणित भएको बताए। ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौँ,’ उनले भने।

प्रकाशित: १ असोज २०८० १६:१० | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast