हत्या अभियोगमा जन्मकैदको सजाय तोकिएका व्यक्ति ३४ वर्षपछि पक्राउ

हिमाल प्रेस ७ असोज २०८० २१:२८ | Sunday, September 24, 2023
हत्या अभियोगमा जन्मकैदको सजाय तोकिएका व्यक्ति ३४ वर्षपछि पक्राउ

भोजपुर- कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो।

२०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो। फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आइतबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो।

फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए। बुद्धिबहादुरको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। रासस

प्रकाशित: ७ असोज २०८० २१:२८ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast