सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

हिमाल प्रेस १२ असोज २०८० १५:०३ | Friday, September 29, 2023
सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ- सोलुखुम्बुमा २७.९ मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अगाडि बढाइएको छ।

वातावरणीय प्रभाव मूल्यांकनबाट प्राप्त विवरण सार्वजनिक गर्दैै वन तथा वातावरण मन्त्रालय र सम्बन्धित आयोजनाले त्यसमा सुझाव दिन आज एक सूचनामार्फत आग्रह गरेका छन्।

सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दूधकोशी गाउँपालिका–७ मा अवस्थित रहेको आयोजना नदी प्रवाहमा आधारित हुनेछ। यस जलविद्युत् आयोजनाको ग्रस हेड ४२३ मिटर छ। आयोजनाको वार्षिक ऊर्जा उत्पादन १६४ गिगावाट घण्टा छ।

प्रस्तावित आयोजनाको हेडवक्र्स, इन्टेक एप्रोच क्यानल, डिसेन्डर इन्खु खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बाँकी हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत् गृह, टेलरेस, स्वीचयार्ड, टर्बाइन इन्खु खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ।

आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय तिङ्ला सवस्टेशनमा जोडिनेछ। आयोजनाको कुल लागत ५ अर्ब ४७ करोड अनुमान गरिएको छ। आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि १७.४१ हेक्टर जग्गा आवश्यक पर्नेछ।

प्रकाशित: १२ असोज २०८० १५:०३ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast