सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

हिमाल प्रेस २८ भदौ २०८० ६:५४ | Thursday, September 14, 2023
सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ- संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

नेम्वाङको सोमबार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।

त्यसअघि शवयात्रा हुनेछ। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। अन्त्येष्टिका दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

प्रकाशित: २८ भदौ २०८० ६:५४ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast