धनगढी- सुदूरपश्चिम प्रदेशले भोलि भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारू समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ।तराईवासी थारू समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदैछ।
पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्।
कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन्।
प्रकाशित: ३० भदौ २०८० ९:५१ | Saturday, September 16, 2023
प्रतिक्रिया




