सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० घाइते

हिमाल प्रेस १२ असोज २०८० १०:५६ | Friday, September 29, 2023
सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० घाइते

काठमाडौँ- सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ। म.प्र.०४–००१ ज. ००६२ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा परेर घाइते हुनेमा निरकुमार चालिसे, गार्की बस्नेत, कमला घिमिरे, राजन कार्की, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल र सरोज थापा छन्।

घाइतेहरूलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ।

प्रकाशित: १२ असोज २०८० १०:५६ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast