सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटलबीच छुट सम्झौता

हिमाल प्रेस २९ भदौ २०८० १३:११ | Friday, September 15, 2023
सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल इन्टरप्राइजेज् लिमिटेडबीच छुट सम्झौता भएको छ। यसअनुसार सिटिजन्स बैंकका ग्राहकले उक्त हस्पिटलका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। छुटको लागि ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। अपोलो हस्पिटलका भारतको ९ स्थानमा शाखा छन्। छुट सबै स्थानमा लागू हुने जनाइएको छ।

सिटिजन्स बैंकले यसअघि भारतको मेदान्त हस्पिटलसँग सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको थियो। सिटिजन्स बैंक इन्टरनेसनलका देशभर १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ एकाई छन्।

प्रकाशित: २९ भदौ २०८० १३:११ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast