सिंगापुरबाट ल्याइएको सुनको धुलो मुम्बईमा बरामद

हिमाल प्रेस २८ भदौ २०८० १८:५४ | Thursday, September 14, 2023
सिंगापुरबाट ल्याइएको सुनको धुलो मुम्बईमा बरामद फाइल तस्बिर

मुम्बई- सिंगापुरबाट धुलो बनाएर ल्याउँदै गरेको २ किलोभन्दा बढी सुन मुम्बई विमानस्थलबाट बरामद गरिएको छ। भारतकै एक परिवार सिंगापुरबाट आउने क्रममा मुम्बई विमानस्थलबाट सुन बरामद गरिएको हो। उक्त सुनको मूल्य १ करोड भारतीय रुपैयाँभन्दा बढीको हुन सक्ने अनुमान भन्सार अधिकारीले गरेका छन्।

मुम्बई भन्सार अधिकारीका अनुसार १ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको सुनको धुलो उक्त दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको ३ वर्षको बच्चाको डाइपरमा लुकाएर ल्याइरहेका थिए।

बरामद सुनको धुलो २४ क्यारेटको हो। बिहीबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। विस्तृत विवरण प्राप्त हुन बाँकी छ। यसअघि केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले ७ सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक जनाबाट बरामद गरेका थिए।

प्रकाशित: २८ भदौ २०८० १८:५४ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast