साहित्यकार/पत्रकार राजेन्द्र पराजुलीको निधन

हिमाल प्रेस २६ भदौ २०८० १२:०५ | Tuesday, September 12, 2023
साहित्यकार/पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौँ- साहित्यकार/पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। निमोनियाबाट पीडित पराजुलीको मंगलबार बिहान बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

२०२१ साल वैशाख २१ गते काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुली नेपाली साहित्यमा उम्दा कथाकारका रूपमा परिचित छन्। २०३० को दशकदेखि नै पत्रकारिता र साहित्य लेखनमा संलग्न पराजुलीले नेपाल समाचारपत्र, हिमाल पाक्षिक, नागरिक दैनिक, आर्थिक अभियान, बाह्रखरी डटकम, देखापढीलगायत मिडियामा काम गरेका थिए।

उनले २०५८ सालमा साझा प्रकाशनको सञ्चालक भएर काम गरेका थिए। पराजुलीका भ्रष्ट संवेदना, जाडोमा भोक, अनायिका, विकल्प यात्रा, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा, कोटेश्वरको केटो, अघोरीजस्ता कृति प्रकाशित छन्। पराजुलीको अन्त्येष्टि मंगलबार ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। पराजुलीका पत्नी, एक छोरा र एक छोरी छन्।

प्रकाशित: २६ भदौ २०८० १२:०५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast