साफ यू-१९ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

हिमाल प्रेस ४ असोज २०८० २१:०३ | Thursday, September 21, 2023
साफ यू-१९ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ- घरेलु टिम नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग १-० गोलले पराजित भएको छ।

जितसँगै समूह ‘बी’ को पाकिस्तानले ३ अंक जोडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा अली जफरले गरेको एउटै गोलले नेपाल पराजित हुन पुग्यो।

खेलको ७६औँ मिनेटमा जफरले गोल गरेका हुन्। जफरको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाउने प्रयास गरेका थिए। तर रोक्न सकिएन। अब पाकिस्तानले शनिबार तथा नेपालले सोमबार माल्दिभ्ससँग खेल्नेछन्।

प्रकाशित: ४ असोज २०८० २१:०३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast