साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पाकिस्तान

हिमाल प्रेस १० असोज २०८० १६:२७ | Wednesday, September 27, 2023
साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा पाकिस्तान

काठमाडौँ- पाकिस्तान दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्यम्पियनसिपको फाइनलमा पुगेको छ। भुटानलाई सडनडेथमा ५-६ ले पराजित गर्दै पाकिस्तान पहिलोपटक साफ फाइनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीबाट गोल हुने नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल गरे।

भुटानका लागि किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरे। छैटौँ प्रहार गर्न आएका छिरिम पेल्जाङको प्रहार भने साहिल गुलले गोल हुन दिएनन्।

पाकिस्तान समूह ‘ए’ को विजेता तथा भुटान समूह‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए। पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल विजेतासँग शनिबार फाइनल खेल्नेछ।

प्रकाशित: १० असोज २०८० १६:२७ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast