सरकार गठनबारे संविधान त्रुटीपूर्ण छ : उपेन्द्र यादव

हिमाल प्रेस २५ भदौ २०८० १३:५१ | Monday, September 11, 2023
सरकार गठनबारे संविधान त्रुटीपूर्ण छ : उपेन्द्र यादव उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटीपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटी भएको दाबी गरेका हुन्।

‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना समान्य हुन्। संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए। तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ। संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो। मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन।’

प्रकाशित: २५ भदौ २०८० १३:५१ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast