सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : अर्जुननरसिंह केसी

हिमाल प्रेस ४ असोज २०८० १९:३० | Thursday, September 21, 2023
सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताएका हुन्।

उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए। देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।

‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ। चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो,’ उनले भने, ‘त्यसबारेमा छलफल चलिरहेको छ। राष्ट्रिय रूपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ।’

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित: ४ असोज २०८० १९:३० | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast